नेपालगञ्जमा  डेँङ्गुको सङ्क्रमण बढ्दै

काठमाडाैं | भदौ २०, २०७९

नेपालगञ्जमा  डेँङ्गुको सङ्क्रमण बढ्दै

 

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय व्यक्तिमा पनि डेँङ्गुको सङ्क्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेँङ्गु देखिएको उपमहानगरपालिकाले जनाएको छ । 

 

 स्थानीयवासीमा डेँङ्गु देखिएपछि अन्य व्यक्तिमा सर्न नदिनका लागि डेँङ्गु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गरिने उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । 

 

स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतमसहितको सहभागितामा वडा नं ४ को कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सोमबारदेखि लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । वडा नं ४ का अध्यक्ष गोपाल पुनले डेँङ्गुबाट नगरवासीलाई जोगाउन सचेतना जगाउन आवश्यक भएको बताउनुभयो ।

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्